१७. कुनै एक प्रश्नको लामो उत्तर दिनुहोस् : (क) 'प्रत्यागमन' कथाको तल दिइएको अंश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् : अब शोभाले रामुको सुश्रूषा आफ्ना हातमा लिइन् । बाकसबाट धोएका लुगाहरू झिकेर रामुका लुगा फेरिदिइन् । ओछ्यानमा पनि धोएका तन्म खोलहरू हालिदिइन् । धोवी बोलाएर मैला लुगाहरू धुन दिइन् । कोठामा दिनको दुईपटक बढारकुँढार हुन थाल्यो । कोपरा र फिक्दानीहरू रो माझिन लागे । कोठामा दुई टाइम धूप सल्काइदिन्थिन । औषधी र पथ्य टाइममा पर्न थाले । दिनरात रामुका सिरानीनेर बसेर रुमालले हम्किरहन्थिन् । आफ्नो दैनिक जीवनमा यति ठूलो परिवर्तन आएको देखेर रामु अपार आनन्दमा निमग्न भैराखेका थिए । प्रश्न : अ) माथिको कथांशको आधारमा शोभाको चारित्रिक विशेषताहरूबारे चर्चा गर्नुहोस् ।